भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

भारतको रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको थियो । यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ । अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो । 

अग्नि–४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्तवपूर्ण मानिएको छ किनकी यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो । अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।

भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो । 
 

प्रतिक्रिया