पश्चिम किनारबाट इजरायली सेना फिर्ता

काठमाडौं । इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेका छन् ।

 कब्जा गरिएको पश्चिम किनारमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।  बख्तरबन्द सवारी र बुलडोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दाहरू शिविरमा फर्केका छन् ।

उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो ।  अगस्ट २८ मा सेनाले जेनिनलगायत उत्तरी पश्चिम किनारका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो । जेनिनमा भएको अपरेसनमा १४ लडाकूको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चार वटा हवाई आक्रमण गरेको सेनाले बताएको छ । 

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ । जेनिन शिविरका धेरै घर बुलडोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन् ।
 

प्रतिक्रिया