विपन्न नागरिकलाई  सिफारिसमा भन्दापनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनपर्छ: मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपन्न नागरिकलाई  सिफारिसमा भन्दापनि नीति बनाएर पारदर्शी ढंगले सेवा दिनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने व्यवस्था गर्न लागिएको समेत बताएका हुन् । 

उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने स्पष्ट पारे । मन्त्री पौडेलले बीमालाई व्यवस्थित बनाउन नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि उल्लेख गरे । 

मन्त्री पौडेललले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह समेत गरे । 

प्रतिक्रिया