फेसबुकले माफी माग्दै फिर्ता गर्यो बालेनको पोष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सामाजिक सञ्जालबाट हटेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । मेयर बालेनले चार दिनअघि नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माले घरेलु बालश्रमिक राखेर शोषण गरेको भन्दै  फोटोसहितको सामाग्री पोष्ट गरेका थिए। उक्त पोस्टमा दोषी सांसद  शर्मालाई किन नसमातेको भन्दै बालेनले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली प्रति आक्रोश समेत पोखेका थिए । मेयर शाहले राखेको सोही पोष्ट  फेसबुकले फिर्ता गरिदिएको हो ।

मेयर शाहले चार दिन अघि राखेको पोष्ट


बालेनले पोस्ट गरेको दुई दिनपछि फेसबुकले हटाएको उक्त स्ट्याटस  फेसबुकले माफी मागेर चार दिनपछि फिर्ता गरिदिएको हो । फिर्ता भएको पोष्टमा रिप्लाई गर्दै मेयर शाहले आफुहरुले review request गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको बताएका छन् । 

फिर्ता भएको पोष्टमा मेयर शाहको रिप्लाई

एमालेका नेता–कार्यकर्ताले उक्त पोस्ट मेयर बालेनले आफै हटाएको बताएका थिए। मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए।
तर फेसबुकले चार दिन पछि  आफ्नो Community Standards  पालना गरेको भन्दै माफी मागेरे उक्त पोस्ट फिर्ता गरिदिएको छ ।

 

 
 

प्रतिक्रिया