किशोरीहरुलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने रेस्टुरेन्ट सञ्चालकहरु पक्राउ

 काठमाडौ । किशोरीहरूलाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीया शर्मिला कटुवाल छन् । उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । उनीहरूले ग्राहकसँग पैसा लिएर किशोरीहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ ।

उनीहरूले ग्राहकबाट एक हजारदेखि ५ हजार रूपैयाँसम्म लिएर किशोरीहरूलाई ५०० रूपैयाँ दिने गरेका थिए । ब्यूरोले रेष्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरू पनि बरामद गरेको छ ।

अहिले किशोरीहरूलाई सुरक्षित स्थानमा राखिएको छ भने पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया