फ्रान्समा जारी हिंसात्मक प्रदर्शनमा पसल, बैंक, गाडी, घर लगायतमा लुटपाट

फ्रान्समा लगातार पाँचौ रात पनि हिंसात्मक प्रदर्शन भएको छ । गत मंगलवार ट्राफिक प्रहरी कारबाहीमा एक युवाको मृत्यु भएपछि फैलिएको हिंसात्मक प्रदर्शन पाँचौँ रात पनि भएको हो । पेरिसबाट सुरु भएको प्रदर्शन देशभरि फैलिएको छ । प्रदर्शनकारीले ठाउँ ठाउँमा पसल, बैंक, गाडी, घर लगायतका संरचनामा लुटपाट गरेका छन । प्रहरीका अनुसार ४५ सय भन्दा धेरै सरकारी र निजी भवन तथा गाडीमा आगजनी भएको छ । हिंसा नियन्त्रणको लागि ४५ हजार जना प्रहरी परिचालन गरेपनि अवस्था नियन्त्रण बाहिर गएको छ । प्रहरीले दुई हजार पाँच सय भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कतिपय ठाउँमा कर्फ्यु जारी गरेपनि त्यसको उलग्घन भएको छ । फ्रान्सको राजधानी पेरिसमा १७ वर्षका किशोर नाहिल एमको ट्राफिक नियम उलग्घनको आरोपमा प्रहरीले हत्या गरेपछि प्रदर्शन चर्केको हो । प्रदर्शन चर्केपछि राष्ट्रपति इमानुएल म्याक्रोनको आजदेखि गर्ने भनिएको जर्मनी भ्रमण स्थगित गरेका छन । लामो समयपछि हुन लागेको भ्रमण स्थगित गर्नुपरेकोमा दुवै देशले दुःख प्रकट गरेका छन । 

प्रतिक्रिया