केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

एजेन्सी । मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको केन्याको प्रहरीले शुक्रबार बताएको छ ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो । 

घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल  पुर्‍याइएको प्रहरीले बताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार  प्रहरीले पीडितहरूको उमेर भने खुलाएको छैन् । उनका अनुसार घटनास्थलमा फेला परेका शव पहिचानमा आउन सकेको छैन् । 

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । घटनास्थल पूर्ण रूपमा खोजी गरिएपछि बाकी शव फेला पर्ने बताइएको छ । आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको स्थानीय प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया