बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा शुक्रबार राति आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । बाढीले बगाएर बेपत्ता भएका २० वर्षीय कमल सापकोटा मृत फेला परेसँगै मृतकको संख्या तीन पुगेको हो ।  । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको मृत फेला परेको छ ।
बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो ।

मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको थियो ।

आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया