ओलीको फेसबुक अनफलो अभियानमा लागेका युवक पक्राउ

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियानमा लागेका एक युवक पक्राउ परेका छन् ।   बिहीबार महाबौद्धबाट नेपाल प्रहरीको साइबर ब्युरोले मनबहादुर कार्कीलाई पक्राउ गरेको हो। साइबर ब्युरोले भने ४ दिन अगाडि प्रधानमन्त्री ओलीविरुद्ध लेखेको स्टाटसको कारण उनलाई पक्राउ गरेको बताएको छ।

मंगलबारबाट प्रधानमन्त्री ओलीको फेसबुकमा फलोअर्स घटाउने अभियान चलिरहेको छ। उनको मंगलबार ६लाख ३२ हजार फलोअर्स थिए भने हाल ५ लाख ९१ हजार फलोअर्स छन्।

पक्राउ परेका कार्कीलाई कुन मुद्दा चलाइने भन्नेबारे खुलिसकेको छैन।

प्रतिक्रिया