बीरगंज भन्सारवाट साउनमा २ अर्ब ६५ करोड बराबरको बस्तु बिदेश निर्यात

बीरगंज । चालु आर्थिक वर्षको साउनमा बीरगंज भन्सार कार्यालयले २ अर्ब ६५ करोड ६६ लाख आठ हजार बराबरको बस्तु बिदेश निर्यात गरेको छ । आर्थिक वर्ष०८१÷०८२ को साउन महिनामा  २ अर्ब ४७ करोड ९१ लाख ६७ हजारको बस्तु निर्यात भएको हो । आर्थिक वर्ष ०८०/०८१ को तुलनामा १७ करोड ७५ लाख १ हजार बराबरको बस्तु बढी निर्यात भएको कार्यालयले जनाएको छ । 
भन्सारमा जुस ४९, लाख ४८ हजार ८१८ मेट्रिक लिटर निर्यात भएको छ भने फलामे पाता २९ लाख ७७ हजार ९ सय १० मेट्रिक टन निर्यात भएको छ । त्यस्तै पिना ३३ लाख ७० हजार किलो निर्यात भएको छ । बतिसा, त्रिफला चमनप्रास ८८ हजार ७ सय ३७ केजि निर्यात भएको भन्सारले जनाएको छ । त्यस्तै मोठ कपडा,  सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायतका बस्तु निर्यात भएको कार्यालयको तथ्यांक छ । 

प्रतिक्रिया