अमेरिकी राष्ट्रपति जो बाइडेनका छोराले करछली मुद्दामा लागेका सबै आरोप स्वीकारे

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडनले आफूविरुद्धको करछली मुद्दामा लागेका सबै आरोप स्वीकार गरेका छन् । 

हन्टरले यसअघि आफुले २०१६ देखि २०१९को अवधिमा गरेको आयमा जानाजान १४ लाख डलर कर नतिरेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएका थिए । हन्टरलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र पाँच देखि १० लाख डलर सम्मको जरिवाना हुन सक्ने बताइएको छ । 

आगामी डिसेम्बर १६मा हन्टरविरुद्धको सजाय सुनाइनेछ । आगुऔषध र रक्सीको लतसँगको आफ्नो संघर्षको बारेमा खुलेर बोलेका हन्टर बाइडनलाई सन् २०१६ देखि २०१९ सम्म कर तिर्न असफल भएको आरोप लगाइएको हो ।

यसैबीच ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले आफ्नो छोरालाई माफी दिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया