आजबाट इन्द्रजात्रा औपचारिक रुपमा सुरु

काठमाडौं । यो बर्षको यँःया अर्थात इन्द्रजात्रा आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु भएको छ । 

इन्द्रजात्राको साइत अनुसार आज बिहान १० बजेर ४७ मिनेटमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुनेछ । बेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तनको साइत निस्केको छ । त्यस्तै, २६ गते बुधबार बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो शहर प्रवेश गराइन्छ । 

भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुनेछ । असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा र असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ । 

असोज ५ गते शनिबार नानिचा यात्रासँगै राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिनेछ ।

प्रतिक्रिया