कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

यस्तै, शुक्रबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया