इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा इजिप्टसँगको गाजा सीमामा सहज नियन्त्रणको माग

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजिप्टसँगको गाजा सिमानामा इजरायलले सहज नियन्त्रण राख्न पाउनुपन माग गरेका छन् ।  

युद्धको अन्त्य गर्ने आशामा अमेरिकाले युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ प्रस्ताव विकास गरिरहेको बेला नेतान्याहुको यस्तो टिप्पणी आएको हो । 

उनको यस्तो मागले युद्धविराम प्रयासलाई अवरोध पार्ने खतरा उत्पन्न गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । विदेशी सञ्चारकमीहरुसँग कुरा गर्दै नेतान्याहुले गाजामा हतियार तस्करी गरेर हमासलाई पुनःशस्त्रीकरण गर्नबाट रोक्न इजरायलले सीमामा नियन्त्रण कायम राख्नुपर्ने धारणा दोहोर्‍याएका हुन् । 

नेतान्याहुले बारम्बार सीमा कब्जा गर्नाले हमासलाई बन्धकहरू मुक्त गर्न दबाब दिने दोहोर्‍याए ।  फिलाडेल्फी कोरिडोरमा इजरायली नियन्त्रणको प्रश्नले मे महिनामा सेनाले कब्जा गरेको गाजा सिमानामा रहेको जमिनको साँघुरो पट्टी वार्तामा बाधा बनेको छ । हमासले धेरै चरणको युद्धविराम सम्झौतामा गाजाबाट इजरायली सैनिकको पूर्ण फिर्ताको माग गरेको छ । इजिप्ट, अमेरिका र कतारसहितका वार्ताका मध्यस्थकर्ताले  इजरायली सेनालाई सो कोरिडोर छोड्न ठोस समयसीमा माग गरेका छन् ।


 

प्रतिक्रिया