'हाउस पार्टी'को नाममा युवतीहरूलाई बन्धक बनाई यातना दिने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ मा युवा –युवतीलाई बन्धक बनाएर यातना दिएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।   
पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ रहेका छन् । डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ स्थित आशिष देउलाको घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिने गरेको पीडितको सुचनाको आधारमा उनिहरु पक्राउ परेका हुन्। ‘हाउस पार्टी’ गर्ने भनेर घरमा लगेपछि आफूले भने अनुसार नमानेमा उनीहरुले रड तताएर शरीर डामेर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनिहरु बुढानिलकण्ठ स्थित घरवाटै पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । आरोपीहरुविरुद्ध अहिलेसम्म दुईजना युवाले जाहेरी दिएका छन् ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ । 


 


 

प्रतिक्रिया