एमाले नेताहरूले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। बिहिबार दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरु, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन्।

प्रचण्डलाई भेटेर नदि किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जारी गरेको परिपत्रको विषयमा ध्यानाकर्षण गरेका छन्।

यो विषयलाई लिएर एमालेका नेताहरु नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा निवासमा पनि पुगेका थिए।  
 

प्रतिक्रिया