चीनले गर्‍यो अफ्रिकालाई ५० अर्ब डलर दिने घोषणा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

कोरोना महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आर्थिक सहयोग गर्ने वाचा गरेका हुन् । सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लािग प्रोत्साहित गर्नेमार्फत हुनेछ ।

 सहयोगले‘ अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्ने उनको भनाइ छ । चीन–अफ्रिका मञ्चको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई इतिहासको सबैभन्दा राम्रो अवधिको रुपमा व्याख्या समेत गरे ।

चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार रहेको उनको भनाइ छ । बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवद्धन  गर्न सक्ने’ बताए । ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस सहभागी छन । अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि चीनसँग सम्झौता गरेका छन् ।
 

प्रतिक्रिया