फ्रान्समा नयाँ प्रधानमन्त्री बने बार्नियर

एजेन्सी । फ्रान्समा नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियर नियुक्त भएका छन् । 

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार बार्नियरलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।  कुनै पनि दलले  चुनावमा स्पष्ट बहुमत नपाएपछि फ्रान्सको सरकारको नेतृत्व कसले गर्ने भन्ने  गतिरोध भइरहेका बेला निर्वाचन सकिएको  दुई महिनापछि बार्नियर प्रधानमन्त्री बनेका हुन् । 

बार्नियर पूर्व युरोपेली आयुक्त र लेस रिपब्लिकेन पार्टीका विदेश मन्त्री भइसकेका व्यक्ति हुन् । 
 

प्रतिक्रिया