संविधान दिवसमा एक हजार बढीलाइ कैद माफी दिने सरकारको तयारी (सूचीसहित)
काठमाडौं । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो ।कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली निकालेको थियो । उनीहरू छुटेका छैनन् ।
विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।
प्रतिक्रिया