युक्रेनसँग वार्ता गर्न रुस तयार छ : पुटिन

एजेन्सी ।  राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।  यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उनले अस्वीकार गरेका थिए । 

युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण सुरु गर्यो र हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गर्यो । त्यस लगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताएका थिए । 

भ्लाडिभोस्टक सहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उनले रुस वार्ताका लागि तयार रहेको तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किएभका वार्ताकारहरूबीच रद्द भएको सम्झौताका आधारमा वार्ता हुने बताए । सार्वजनिक नगरिएको उक्त सम्झौताका सर्तहरू कहिल्यै पूरा भएनन् ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ ।

    
 

प्रतिक्रिया