चितवनमा नेताहरुको कृषि कार्यक्रमको होड
ओली भन्छन: सामुहिक खेती प्रणाली बिकास गरौ
पुर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी ओलीले कृषिमा आत्मनिर्भर हुने हो भने कुनै बिपद र नाकाबन्दीमा पनि समस्या नपर्ने बताएका छन । आज चितवनको भरतपुरमा असार १५ सम्वन्धमा एमाले चितवनले गरेको कार्यक्रममा सम्वोधन गर्दै उनले कृषिमा आधुनिकिरण सगै सामुहिक र सहकारि मोडलमा काम गर्नुपर्ने बताएका हुन । अध्यक्ष ओलीले अहिले सबै परिबारले पहिले जस्तो कृषि र पशुपालन गर्न नसक्ने भन्दै अब सामुहिक रुपमा खेती प्रणालीको बिकास गर्नुपर्नेमा जोड दिए ।
असार १५ मा जुन सुकै पेशा व्यवसायको व्यक्तिले पनि माटो छुनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । आज दुई पूर्वप्रधानमन्त्री र एक जना पूर्वउपप्रधानमन्त्री चितवनमा छुट्टाछुट्टै स्थलमा असार १५ को कार्यक्रममा सहभागी हुँदै छन । नेकपा एमालेका अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चितवनमा धान दिवस मनाउने कार्यक्रम छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भरतपुर २० को भीमनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन् ।त्यसैगरी रास्वपा सभापति लामिछाने भरतपुर महानगरपालिका २३ को जगतपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
प्रतिक्रिया