प्रेमीले आगो लगाएपछि ३३ वर्षमै संसार छाडिन म्याराथुन धावक रेबेकाले

एजेन्सी । गत महिना पेरिस ओलम्पिकमा भाग लिएकी युगान्डाकी म्याराथन धावक रेबेका चेप्टेगेईको प्रेमीले जलाएको केही दिनपछि मृत्यु भएको छ । 

एथ्लेटिक्स महासंघका अनुसार केन्यामा बस्दै आएकी ३३ वर्षीया चेप्टेगेईको शरीरको ७५ प्रतिशत भाग जलेपछि उनको अवस्था गम्भीर भएको थियो । केन्याली ओलम्पिक टिमले पनि उनको मृत्युको पुष्टि गरेको छ । ट्रान्स नजोइया काउन्टीका प्रहरी कमान्डर जेरेमिया ओले कोसियोमका अनुसार यसै साताको सुरुमा चेप्टेगेईलाई उनका प्रेमी डिक्सन एनडिमाले पेट्रोलमा डुबाएर आगो लगाएका थिए ।

आगोले जलेकी चेप्टेगेईको  एल्डोरेट शहरको एक अस्पतालमा उपचार भइरहेको थियो । तर बिहिबार उनको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनले ३३ वर्षकै उमेरमा संसार छोडेकी छन् । आगो के कारणले लगाएको भन्ने खुल्न सकेको छैन ।  

प्रतिक्रिया