बालेनसँग प्रधानमन्त्री ओलीलाई जोड्न आवश्यक छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साहसँग प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई जोड्न आवश्यक नरहेको जिकिर गरेका छन् । 

प्रेस चौतारील बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ छ ।

यसैबीच उनले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोर्‍याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष दाहालको अभिव्यक्ति अतिवादी र अस्थिरता मच्याउने किसिमको भएको उनकाे दाबी छ । दाहालको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको भन्दै महासचिव पोखरेलले मुलुकमा फरक विचारका दुई दल मात्रै भए पुग्ने उल्लेख गरे । 

महासचिव पोखरेलले मुलुकमा दुई दश मात्रै भए पुग्ने भएपनि कांग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत भने नगरेको स्पष्ट पारे । सरकारप्रति कांग्रेस महामन्त्रीद्वय असन्तुष्ट रहेको भन्ने कुरा बनावटी रहेको  उनको प्रतिक्रिया थियो । ०८४ मा एमाले देशकै बलियो र राष्ट्रिय शक्ति स्थापित भएर छोड्ने ठोकुवा महासचिव पोखरेलले गरे ।
 

प्रतिक्रिया