पर्सामा गुणस्तरहिन घीऊ फेला परेपछि उद्योगमा सिलबन्दी

पर्सा । पर्साको बजारमा गुणस्तरहिन घीऊ बिक्री भैरहेको फेला परेको छ । श्री राधा बेकरी सोर्टेडिग रिप्याकिङ उद्योग बिरगंज–१५ भेडिहारीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको टोलिले गरेको अनुगमनमा गोकुल घ्यू उत्पादन अस्वस्थकर र गुणस्तरहीन रहेको फेला परेको हो । 

उद्योग दर्ता पनि नभएको र संचालक समेत फरार रहेकाले थप कारवाहीको तयारी अनुगमन टोलीले गरेको छ । उद्योगबाट तयारी अवस्थामा हजारौं बट्टा नक्कली घ्यू र घ्यू बनाउने केमिकलका साथै विभिन्न उपकरणहरु समेत बरामद गरिएको छ ।  

विभिन्न केमिकल र अखाद्य बस्तु प्रयोग गरि पुजाको नाममा उत्पादन गर्दै आएको नक्कली घ्यूको प्रयोगले मानव शरीरमा नकारात्मक असर पर्ने अनुगमन टोलीको ठहर  छ । विरगंज–१५ को भेडिहारीको नयाँ बस्तीमा एउटा घर भाडामा लिएर उद्योग संचालनमा रहेको थियो । 

अनुगमनपछि नक्कली घ्यू उत्पादन गर्ने सो उद्योगमा सिलबन्दी गरिएको छ । 

प्रतिक्रिया