बालोन डी’ओर अवार्डको मनोनयन सुची सार्वजनिक, मेसी र रोनाल्डो परेनन्

काठमाडौ। २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयन सुची सार्वजनिक भएको छ ।मनोनयन सूचीमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् । आठ पटकको बालोन डी’ओर विजेता अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसीले २०२३ मा पुरस्कार पाएका थिए। रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए। सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो।

सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्। ३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्।
 
इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन्। स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन्।
 

यस्तो छ अन्तिम ३० को सूची:

– किलियन एम्बाप्पे (फ्रान्स र रियल म्याड्रिड)

– ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)

– डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)

– जुड बेलिंगह्याम (इंग्ल्याण्ड र रियल म्याड्रिड)

– फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)

– रुबेन डियास (पोर्चुगल र म्यानचेस्टर सिटी)

– फेडेरिको भल्भेर्दे (उरुग्वे र रियल म्याड्रिड)

– इमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)

– अर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी)

– निको विलियम्स (स्पेन र एथलेटिक बिल्बाओ)

– आर्टेम डोभ्बिक (युक्रेन र रोमा)

– टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)

– भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)

– डानी ओल्मो (स्पेन र बार्सिलोना)

– फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)

– मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)

– म्याट्स हुम्मल्स (जर्मनी, स्वतन्त्र खेलाडी)

– रोड्री (स्पेन र म्यानचेस्टर सिटी)

– भिटिन्हा (पोर्चुगल र पेरिस सेंट-जर्मेन)

– कोल पामर (इंग्ल्याण्ड र चेल्सी)

– डानी कार्भाहल (स्पेन र रियल म्याड्रिड)

– लामिन यामाल (स्पेन र बार्सिलोना)

– बुकायो साका (इंग्ल्याण्ड र आर्सेनल)

– हाकान चाल्हानोग्लु (टर्की र इन्टर मिलान)

– लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)

– अडेमोला लुकम्यान (नाइजेरिया र अटलान्टा)

– एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)

– अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

– ग्रानिट जाका (स्विजरल्यान्ड र बायर लेभरकुसेन)

प्रतिक्रिया