जनताको राउन्ड किक कस्तो हुन्छ, अब ओलीले देख्छन्: प्रचण्ड

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको राउन्ड किक देख्ने बताएका छन् ।  अभिव्यक्तिप्रति कटाक्ष गरेका छन् । पेरिसडाँडामा आयोजित सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृति कार्यक्रममा सम्बोधन गर्ने क्रममा कटाक्ष गर्दै प्रचण्डले ओलीले जनताको राउन्ड किक देख्ने बताएका हुन् । 

बुधवार एमालेको पोलिटब्युरो बैठकमा ओलीले ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएका थिए । प्रचण्डले छलकपट गर्न खोजेको चाल पाएपछि आफूले कांग्रेससँग सहकार्य गरेको भन्दै उनलाई ‘राउन्ड किक’ हानेर सरकार बाहिर पठाएको ओलीले पोलिटब्युरो बैठकमा बताएका थिए । 
सो अभिव्यक्त्मिा  प्रचण्डले  ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’  भन्ने जवाफ फर्काएका हुन् । 

प्रचण्डले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण सङ्घर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया