राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकाले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ । अमेरीकाले आरोपसँगै रुसी सरकारी सञ्चारमाध्यमका थुप्रै अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको छ । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरीकाले क्रेमलिनसँग सम्बन्धित प्रसारण संस्थाहरूलाई पनि प्रतिबन्ध लगाएको छ । न्याय, राज्य र कोष विभागहरूले बुधबार कथित कारबाहीहरूलाई आक्रमक रूपमा प्रतिकार गर्न प्रतिबन्धको कदम चालेको घोषणा गरेको हो ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रूसको कार्यक्रममा यूक्रेनको लागि अन्तर्राष्ट्रिय समर्थन घटाउन, रूस समर्थक नीतिहरूलाई बलियो बनाउन र अमेरिकामा मतदाताहरूलाई प्रभावित गर्न उद्देश्य राखेको समाचारमा उल्लेख छ ।  

पूर्व रूसी टेलिभिजन रूस टुडे ‘ आरटी’माथि अमेरिकी दर्शकहरूको लागि लुकेको रूसी सरकारी सन्देशहरू फैलाउन एक टेनेसी कम्पनीलाई १० मिलियन डलर तिरेको आरोप लागेको छ ।  आरटी ले भने यसमा संलग्न भएको आरोप अस्वीकार गरेको छ । 

 

प्रतिक्रिया