कृषि अनुदान लिनेको सूची सार्वजनिक गरिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान लिएकाको सूची सार्वजनिक गर्ने भएको छ । 

कृषि मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानका लागि पालिका र प्रदेशसँग समन्वय गरी एउटा संयन्त्र गठन गर्ने र त्यसमार्फत सूची सार्वजनिक गर्ने तयारी गरेका हुन् । 

अनुदानको सही सदुपयोग हुन सकोस् भन्ने आफ्नो उद्देश्य रहेको र त्यसका लागि नीतिगत सुधारका लागि पहल थाल्ने मन्त्रालयले जनाएको छ । रासायनिक मल लिनका लागि नागरिकता लिएर जान नपर्ने गरी निर्देशिका परिमार्जन गर्ने तयारीपनि मन्त्रालयको छ । 

पशु रोगविरुद्धका खोप अभियान तत्काल सुरु गर्ने गरी मन्त्रालय अघि बढेको जनाएको छ । रैथाने उत्पादनलाई मन्त्रालयले प्रोत्साहन गर्ने नीति बनाउने  तयारीमा पनि मन्त्रालय जुटेको बताइएको छ । 

प्रतिक्रिया