इन्द्रजात्रा शुक्रबारबाट औपचारिक रुपमा सुरु

काठमाडौं । यो बर्षको यँःया अर्थात इन्द्रजात्रा भोली (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुने भएको छ । इन्द्रजात्राको साइत अनुसार शुक्रबार बिहान १० बजेर ४७ मिनेटको साइतमा हनुमान ढोकाबाट वनयात्रा सुरु हुनेछ । 

बेलुका ८ बजेर २७ मिनेटको साइतमा वृक्षकर्तनको साइत निस्केको छ । त्यस्तै २६ गते बुधबार बिहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो शहर प्रवेश गराइन्छ । भदौ ३० गते आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुनेछ । 

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुनेछ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरूले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुनेछ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुनेछ । 

असोज ५ गते शनिबार नानिचा यात्रासँगै राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिने छ । 

प्रतिक्रिया