अमेरीकामा अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु

एजेन्सी ,। अमेरिकाको जर्जिया राज्यको एक हाईस्कूलमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।

आक्रमणमा ९ जना घाइते भएका छन् । संदिग्ध बन्दुकधारी चौध बर्षिय कोल्ट क्रे लाई हिरासतमा लिइएको छ । गोली प्रहारको कारण भने नखुलेको समाचारमा उल्लेख छ ।  

अमेरिकामा मात्र यो बर्ष ३ सय वटा बन्दुक प्रहारका घटना भएका छन् ।

प्रतिक्रिया