आज ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्न लागेको हो । 

बिहान ११ बजे अर्थ समितिको बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ । 

त्यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । 

बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । 

प्रतिक्रिया