सिरहाका एक युवकलाई मलेसियामा आफ्नै साथीले चक्कु प्रहार गरि गरे हत्या,न्यायको गुहार माग्दै परिवारजन

शिव दयाल यादब

सिरहा ।  सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीबाट हत्या गरिएको छ ।

मलेसियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशियाको  एउटा सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले बताएका छन् ।

घटनाको जानकारी पाएपछि मलेसिया प्रहरीले तत्कालै गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको हत्याको खबरले उनको गाउँ र परिवारजनमा ठूलो क्षति पुऱ्याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन् । 

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ । रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया