जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुस् : मन्त्री यादव

पर्सा ।  खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

मन्त्री यादवले बुधबार जनता समाजवादी पार्टी (जसपा) जिल्ला समिति पर्साले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गरे । 

जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिवसमेत रहेका  मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ मजबुत ढङ्गले एकताबद्ध गराउन निर्देशन दिए  ।

प्रतिक्रिया