मुलुकमा कुनैपनि निरंकुश, अराजक र अनुशासनहिनता कार्य स्वीकार्य हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनैपनि निरंकुश, अराजक, अनुशासनहिनता कार्य स्वीकार्य नहुने बताएका छन् ।

बुधबार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटव्युरो बैठक समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । बैठकमा उनले ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको समेत बताएका छन्  । 

सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्ध्त गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए । 

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताए । 


 

प्रतिक्रिया