इलाममा पहिचानवादीहरूले देखाए योगेश भट्टराईलाई कालो झन्डा

नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भट्टराईलाई बिहीबार इलाममा कालो झण्डा देखाइएको छ। कोशी प्रदेशको नामकरणविरूद्ध आन्दोलनरत पहिचानवादीहरूले इलाम बजारमा भट्टराईलाई कालो झन्डा देखाएका हुन्। यसअघि सांसद भट्टराईले प्रदेश १ को नाम कोशी राखेको कुराको समर्थन गरेका थिए। उनले पहिचानवादी आन्दोलनविरूद्ध अभिव्यक्ति दिएको भन्दै पहिचानवादीहरूले विरोध गरेका थिए। सांसद भट्टराईको गाडीलाई अवरोध गर्दै आज पहिचानवादीहरूले उनीविरूद्ध नारासमेत लगाएका थिए।

प्रतिक्रिया