कोशी प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित

विराटनगर । कोशी प्रदेशसभाको बुधबारको बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ (१) (क)  बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले सदनमा विधेयक पेश गरेका थिए । 

सो प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णायार्थ प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि विधेयक संशोधन प्रस्ताव दर्ता गरेका प्रदेशसभा सदस्यहरु रेवतीरमण भण्डारी, इन्द्रमणि पराजुली, कमलप्रसाद जवेगु र गोम्बू शेर्पाले संशोधन प्रस्ताव फिर्ता लिएका थिए  ।

उनीहरुको प्रस्तावलाई आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले ऐनलाई समृद्ध बनाउन संशोधनकर्ताहरुको सुझावलाई स्वीकार गरेको बताए ।  उनले ऐन बनाउने कार्य जटिल र चुनौतीपूर्ण भएको उल्लेख गरे । विधेयकमा प्राप्त बुँदागत सुझावलाई सरकारले ग्रहण गरेको र सरकारले स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउने जानकारी दिए । उनले रचनात्मक सुझावलाई परिमार्जन एवं परिस्कृत गर्दै आएको ऐनले निजामती कर्मचारीमा उत्साह बढ्ने विश्वास व्यक्क्त गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट विद्या चाम्लिङ्गले विशेष समयमा बोल्दै सरकारले हालसम्म पूर्णता नपाउँदा जनताका काममा समस्या भएको बताए । उनले सरकारले सञ्चालन गरेका योजनाको गुणस्तर कायम गर्न अनुगमन र निरीक्षण प्रक्रियालाई कसिलो बनाउन सुझाव दिए । 


 

प्रतिक्रिया