​​​​​​​म बालेनलाई मान्छु : माओवादी सचिव पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)साहलार्य आफूले मान्ने बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा पौडेलले बालेन जननिर्वाचित प्रतिनिधि भएकाले उनलाई सबैले मान्नु पर्ने पनि बताए । बालेनप्रति आक्रोस नभइ उनले गरेका सुधारका कामलाई राम्रो मान्नु पर्ने पनि पौडेलको भनाई छ । 

 पौडेलले वर्तमान के.पी. शर्मा ओली नेतृत्वको  सरकार भ्रष्टाचार ढाकछोप गर्न मात्रै बनेको दाबी गर्दै आफै ढल्ने दाबी पनि गरे । सचिव पौडेलले सरकारमा छोडेपछि माओवादी जनताको प्यारो पार्टी बनेको दाबी गर्दै  अब माओवादी सत्तामा नभइ जनताको घर घरमा जाने र संगठन बिस्तारमा लाग्ने पनि बताए । कुराकानीको पूर्ण अंश आज बिहिबार राती ९ बजे एभिन्यूज खबर टेलिभिजनमा प्रसारण हुनेछ ।  
 

प्रतिक्रिया