भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौं । भाषा आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । 

बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर आयोगले प्रतिवेदन बुझाएको हो ।  प्रतिवेदन बुझाइसकेपछि भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले प्रतिवेदनमा भाषा आयोगले गरेका काम, भाषा आयोगले गरेका सिफारिस र आयोगलाई परेका कठिनाइका बारेमा उल्लेख गरिएको जानकारी दिए । 

अध्यक्ष ठाकुरले आयोगलाई २०८०/८१ मा कार्यक्रमतर्फ बजेट शून्यता रहेको गुनासो गर्दै अपेक्षाकृत रूपमा कार्यक्रम अघि बढाउन नसकेको जानकारी दिए । आयोगले आदिवासी भाषा दशक सन् २०२२ देखि ०३२ मा अपेक्षित काम गर्न नसकेको, लोपोन्मुख भाषाको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिलेखीकरणका काम, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षा अघि बढाउन नसकेको जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषा बोलिन्छन् । 

प्रतिक्रिया