म्यान्मा–लाओस सीमामा डुङ्गा दुर्घटना हुँदा २०जना बेपत्ता

एजेन्सी । लाओस, म्यान्मा र थाइल्यान्डको बिचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । 

बेपत्ताहरूको मृत्यु भएको आशङ्का गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले  बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति ड्ङ्गा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको छ।

म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुङ्गा लाओसबाट म्यान्मा जाँदै गर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो ।

सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले   पानीबाट दुर्घटनामा परेका मानिसहरूलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले  बताएका छन् । 

घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेकोे अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो ।एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटलहरू रहेको स्थान हो । 

प्रतिक्रिया