दुई बालिका हत्या प्रकरणको आरोपी आमा पक्राउ, अपराध स्वीकार

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार  पत्रकार सम्मेलन गरी पक्राउ परेकी अस्मिता पौडेललाई सार्वजनिक गरेको हो । 

झापाको बिर्तामोडबाट पक्राउ गरी अस्मितालाई विराटनगर ल्याइएको थियो । उनले श्रीमान्‌बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको बताएकी छन् ।  प्रहरीको सोधपुछका क्रममा उनले पहिले आफुले विष खाएको अनि पेट पोल्न थालेपछि छोरीहरुलाई पनि खुवाइदिएको  बयान दिएकी छन् । छोरीहरू मरेपछि एकले अर्कोलाई अंगालो लगाइदिएर आफू भागेको अस्मिताले  बयान दिएकी छन् । 

अस्मितालाइ शारीरिक रूपमा निकै कमजोर भएर अस्वस्थ्य अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरीहरू एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैँचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् । 

उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा ‘तेरा छोरी मारिदिइसकेँ, म पनि मर्छु’ भनेर म्यासेज पठाएको बयान दिएका छन् । पक्राउ परेकी अस्मितालाई थुनामा राख्न चारदिनको म्याद थप भएको छ । 

 
 

प्रतिक्रिया