नेपालमा पनि बंगलादेशमा जस्तै नेता लखेटिन्छन्, विदेशी नागरिकता लिनेको सम्पती कब्जा गर्नुपर्छ: प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालका नेताहरुलाई पनि बंगलादेशमा जस्तै लखेट्नुपर्ने बताएका छन् । 

एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम विशेष संवादमा प्रस्तोता सुशील पाण्डेसँग कुराकानी गर्दै नेता साहले देशमा लोकतन्त्रको नाममा दलतन्त्र चलिरहेको दाबी गरेका छन् । 

जनताको अभिमत अनुसार काम नगर्ने र जनतालाई धोका दिने नेताहरुलाई सत्तामा बस्ने अधिकार नभएको उनको भनाई छ । एक प्रश्नको उत्तरमा नेता साहले विदेशमा गएर उतैको नागरिकता लिने नेपालीहरुको सम्पती जफत गर्नुपर्ने बताए । 

देशमा भ्रष्टाचार बढ्दै गएकाले भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्ने उनकाे जिकीर छ  । यस कार्यक्रमको विस्तृत अंश आज साँझ ९ बजे एभिन्यूज खबर टेलिभिजनमा हेर्न सक्नुहुनेछ । 

प्रतिक्रिया