उपत्यकाका चार वटा अस्पतालका सात सय शैया निःशुल्क

काठमाडौं उपत्यकाका चार वटा अस्पतालका सात सय शैया आज विहीबारदेखि सर्वसाधारणका लागि निःशुल्क गरिएको छ । यसअघि वीर अस्पतालमा साधारण शैया निशुल्क गरिएकोमा आजदेखि थप ४ वटा अस्पतालको शैया निशुल्क भएको हो । कान्तिबाल अस्पतालको ६०, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको चार सय ५०, ट्रमा सेन्टरको एक सय ५० र शहीद गङ्गालाल हृदयरोग केन्द्रको ९० वटा साधारण शैयामा अब विरामीले पैसा तिर्नुपर्दैन् । मन्त्रालयका अनुसार योसहित अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैय्याको संख्या दुई हजार २८ पुगेको छ । यसअघि काठमाण्डौको वीर अस्पतालले ७ सय शैय्या र कोशी अस्पतालले तीन सय ३० शैय्या निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।बिस्तारै देशभरीका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शैय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने स्वास्थ्यमन्त्री मोहन बताएका छन् । निजी अस्पतालमा पनि कुल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था छ ।।
 

प्रतिक्रिया