इजरायल आक्रमणमा हमासका सिनवार लगायत दोषी रहेका अमेरिकी ठहर

एजेन्सी । अमेरिकाले हमास नेता याह्या सिनवार र प्यालेस्टिनी समूहका अन्य प्रमुख व्यक्तिहरूलाई गत वर्ष अक्टोबर ७ मा इजरायलमा गरेको हमलाको मुख्य योजनाकार रहेको जनाएको छ ।  

अमेरिकाको न्याय  विभागले तयार पारेको उजुरीमा ६ जना  हमास सदस्यलाई अमेरिकी नागरिकको हत्या, आतंकवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोग लगायत सातवटा आरोपमा अभियोग लगाइएको जनाएको छ ।

अमेरिकाले अभियोग लगाएका मध्ये  तीनजना हमास नेताको मृत्यु भइसकेको छ ।  सिनवार प्यालेष्टाइनको गाजास्थित कतै सुरुङहरूमा लुकेको अमेरिकी भनाई छ । अमेरिकाले हमास आवद्ध ती वयक्तिहरु “अमेरिकी नागरिकहरूको हत्या गर्न र अमेरिकी सुरक्षालाई खतरामा पार्न दशकौं देखि लागिरहेका जनाएको छ । 
उक्त समूहले “इजरायललाई ध्वस्त पार्ने र इजरायली नागरिकहरूको हत्या गर्ने योजना बनाएको पनि अमेरिकी प्रतिवेदनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेर १२ सय भन्दा बढी इजरायली नागरिकको  हत्या गरेको थियो ।  हमासले  वृद्धहरू र केटाकेटीको हत्या गर्नुका साथै  उनीहरूले बलात्कार र यौनाङ्ग विच्छेद सहित महिलाहरूमाथि यौन हिंसा गरेका पनि अमेरिकी प्रतिवेदनमा उल्लेख छ । 

इजरायल आक्रमणमा जिम्मेवार अन्य हमास नेताहरुमा इस्माइल हनियाह; मारवान इसा; खालिद मशाल; मोहम्मद डेफ र अली बारका रहेका छन् । हनियाह, इसा र डेफ भने इजरायली आक्रमणमा मारिएका छन् । अमेरिकाले आरोप लगाएका जीवित अभियुक्तलाई पनि पक्राउ भने गर्न सकेको छैन हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय भन्दा बढी इजरायलीको हत्या र अन्य २५१ जनालाई बन्धक बनाएको थियो। हमासको आक्रमणपछि इजरायलले प्यालेष्टाइनको गाजामा हमासमाथि  जवाफी कारवाही गरेको थियो । त्यो अहिलेसम्म जारी छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणमा ४० हजार प्यालेष्टाइन नागरिकको मृत्यु भएको छ । 
 

प्रतिक्रिया