पर्वतमा प्रशिक्षार्थीहरुले उत्पादन गरेका सामाग्री बजारमा जान सकेनन्

पर्वत । लिलामीको झन्झटिलो प्रकृया र कार्यविधिको अभावमा पर्वतमा प्रशिक्षार्थीहरुले उत्पादन गरेका सामाग्री बजारमा जान सकेका छैनन्् । 

व्यवसायिक तथा सीप विकास  तालिम केन्द्रमा प्रशिक्षार्थीले उत्पादन गरका सामाग्रीहरु वर्षौैंदेखि थुप्रिएर कुहिने अवस्थामा पुगेका हुन् । कोठाको अभावमा अध्यारो कोठामा राख्दा प्रशिक्षार्थी तयार गरेका घरायसी प्रयोगका सामाग्री कुहिने समस्या रहेको छ । केन्द्रमा पाँच वर्षदेखि उत्पादिन सामाग्री अलपत्र अवस्थामा रहेका छन् ।

सिलाइ कटाइ, केश श्रृङ्गार, खेलौना, सिरानीहरु कुहिने अवस्थामा छन् । कतिपय मेशिन बिग्रेर मर्मत नहुँदा पनि अलपत्र छन् । केन्द्रले वर्षेनी एक करोड ९ लाख बजेटमार्फत विभिन्न सात विधामा तालिम दिदै आएको छ । 

तालिममा प्रशिक्षार्थीले घरयासी उपयोगी समानहरु बनाउने गरेका छन् । तालिमका लागि वर्षेनी कच्चा सामाग्री खरिद गरेपनि त्यसको बजार व्यवस्थापनमा केन्द्रले पनि चासो दिएको छैन । केन्द्रले  सिलाई कटाई अभारभुत र डिप्लोमा, पम्बिङ, विद्युत जडान, ईलेक्टोनिक, केश श्रृङ्गार, कम्प्युटर लगायतका विषयमा सीपमुलक तालिम दिदै आएको छ । 
 

प्रतिक्रिया