शिर मेमोरियल अस्पताललाई एशियाली स्तरको अवार्ड प्राप्त

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा रहेको पुरानो शिर मेमोरियल अस्पताललाई ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा एशियाली स्तरको अवार्ड प्राप्त गरेको छ ।

ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराए वापत एशियाली स्तरमा अस्पताल उत्कृष्ट घोषित भएको हो । अस्पतालले महिला स्वास्थ्य परियोजना मार्फत देशभर १२ हजार ८ सय महिलाहरुको स्वास्थ्य परिक्षण गरेको जानकारी दिएको छ । 

अस्पतालले ग्रामणि समुदायमा पुगेर पाठेघर झर्ने तथा पाठेघरको मुखको क्यान्सर भएका महिलाहरुको परिक्षण, पहिचान र उपचार गर्दै आएको छ । हालसम्म पाठेघरको मुखको क्यान्सर सम्वन्धी ८ हजार ५ सय ५० जनालाई परिक्षण तथा उपचार गरेको अस्पतालले जनाएको छ ।

१५ देशका १ सय १३ वटा अस्पतालबाट ३ सय ७ जना सहभागि मध्ये शिर मेमोरियल उत्कृष्ट घोषित भएको हो ।
 

प्रतिक्रिया