फ्रान्समा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । आप्रवासी बोकेको डुङ्गा फ्रान्सको उत्तरी तटीय क्षेत्रमा पल्टिदा बालबालिका र महिलासहित १३ आप्रवासीको मृत्यु भएको छ । 

फ्रान्सबाट बेलायत जान इंग्लिस च्यानल पार गर्ने क्रममा अनुमानित ७० जना रहेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । ती मध्य दुई जनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करिब ४ घन्टाको खोजी कार्य पछि उद्धारकर्मीहरुले ५३ जनाका उद्धार गरेका थिए ।  सय मिटर भन्दा कम लामो डुङ्गामा क्षमता भन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको अनुमान गरिएको छ । 

बेलायती सरकारी तथ्याङ्कका अनुसार विगत सात दिनमा साना डुङ्गाहरूमार्फत २ हजारभन्दा बढी मानिस बेलायत पुगेका छन् । अत्याधिक संख्यामा आप्रवासी भित्रिन थालेपछि बेलायल र फ्रान्सले नियन्त्रणका लागि संयुक्त रुपमा काम गरिरहेका छन् । 
 

प्रतिक्रिया