काठमाडौका निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिन बालेनको निर्देशन
काठमाडौं महानगरपालिकाले संस्थागत निजी विद्यालयका शिक्षकलाई सुविधाअनुसार तलब नपाए काठमाडौं महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् । निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ले यस्तो बताएका हुन । शिक्षा ऐनमा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले स्मरण गराएका ह्ुन । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको प्रमुख शाहले स्पष्ट पारेका छन । सोही कारण काठमाडौं महानगर क्षेत्रभित्र निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिन प्रमुख शाहले निर्देशन दिएका हुन । सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध महानगरले गरेको छ ।।
प्रतिक्रिया