बढ्दो मूल्यका कारण तिजमा पनि सुन पसलहरु सुनसान

काठमाडौं । सुनको राम्रो व्यापार हुने समय मानिएको जितमा पनि यो बर्ष सुन पसलहरु सुनसान जस्तै रहेका छन् । 

बढदो मूल्यले बजारमा सुनचाँदीको कारोबारमा उत्साह नदेखिएको हो । बजारमा सुनको माग कम हुँदा कारोबार घटेर २५ प्रतिशतमा झरेको व्यवसायीको भनाइ छ । मुख्य चाड तिज, दसैँतिहार सुनको कारोबार बढी हुने सिजन भएपनि यो वर्ष प्राय पसलहरुमा चहलपहल देखिएको छैन । 

सुनको मूल्य बढ्दा त्यसको प्रभावले यस पटक तिजमा सुनचाँदीको कारोबार अत्यन्त घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । लगातार सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनचाँदीको माग कम भैरहेको व्यवसायी बताउछन् । 

सुनको मूल्य लगातार बढ्दा घरखर्च चलाउने नयाँ गहना खरिद गर्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी पसलमा पुग्ने गरेका छन् । महासंघका अनुसार गत वर्ष तीजमा दैनिक १५ किलोग्रामदेखि २० किलोग्रामसम्म सुनको कारोबार भएकोमा यस वर्ष कारोबार आधाले घटेर पाँचदेखि सात किलोग्राममा सीमित भएको छ । 

सुनको मूल्य मंगलबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया