अमेरिकामा मुनाका हत्याका आरोपी बबीको धरौटीको माग अस्वीकार

एजेन्सी । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।

मंगलबार मुनाको हत्या अभियुक्त बबीलाई कोर्टमा पेस गरियो। उनको पक्षका वकिलले उनलाई धरौटीमा छाड्न माग गरे। तर, न्यायाधीशले उनको पक्षको माग अस्वीकार गरे। ५१ वर्षका बबीमाथि २१ वर्षिया पाण्डेको हत्या गरेको भन्दै प्रहरीले सरकारीपक्षले क्यापिटल मर्डरको आरोप लगाएको छ। साउथवेष्ट हस्टनमा रहेको अपार्टमेन्टमा मुनाको हत्या भएको थियो।

मङ्गलवार भएको सुनुवाइमा सरकारी पक्षले मुनालाई चार गोली हानिएको र बबी पक्राउ पर्दा उनले लगाएको लुगामा रगतका दाग रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अमेरीकाको प्रहरीले बबीको गाडीबाट अवैध हतियार समेत बरामद भएको जनाएको छ।

मङ्गलवार अदालतमा सरकारीपक्षले सिसिटिभीको फुटेजसमेत पेस गरेको थियो। सिसिटिभी फुटेजमा हातमा पेस्तोल लिएको बबीले मुनाको अपार्टमेन्टको ढोका ढकढकाएर ढोका खोल्न भनेको देखिएको छ । 

भोजपुरकी २१ वर्षीया मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

प्रतिक्रिया