रुसी राष्ट्रपति पुटिन र मङ्गोलियन समकक्षी उखनागिनबीच भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षी उखनागिन खुरेलसुखसँग भेट गरेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले राष्ट्रपति पुटिन विरुद्ध गिफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा उनको यो पहिलो भ्रमण हो ।

आइसिसी, किभ, पश्चिमी राष्ट्रको आह्वान विरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको पुटिनलाई भ्रमणका क्रममा अघिल्लो रात राजधानीमा आइपुगेपछि सम्मान गार्डले स्वागत गरेका थिए । त्यसपछि उनले मङ्गोलियाका राष्ट्रपति खुरेलसुखसँग उलानबटारको भव्य चंगेज खान स्क्वायरमा भेट गरेका हुन् । सन् २०२२ मा रुसी सेनाले देशमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगस्थित आइसिसीले रुसी नेतालाई खोजिरहेको छ । 

पश्चिमा मुलुकहरुले विमानस्थलमा हिरासतमा नलिएपछि पुटिनको युद्ध अपराध का लागि मङ्गोलिया पनि जिम्मेवार रहेको आरोप लगाउँदै युक्रेनले यस यात्रामाथि आक्रोशका साथ प्रतिक्रिया दिएका छन् । किभले मङ्गोलियालाई गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न आग्रह गरेको थियो । आइसिसीले गत हप्ता अदालतले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने दायित्व सम्पुर्ण सदस्य राष्ट्रहरुको रहेको बताएको थियो । 

प्रतिक्रिया